सिद्धार्थ राजमार्ग अवरुद्ध, दुई स्थानमा पहिरो खसेपछि आवागमन प्रभावित

डिसी नेपाल
११ असोज २०८३ ८:५१

वालिङ (स्याङ्जा)। पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत वालिङ–स्याङ्जा सडकखण्डमा आज बिहानदेखि पहिरो खसेर यातायात सञ्चालन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ स्थित तीनधारे र वालिङ नगरपालिका–१ स्थित रामबाच्छामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दुवै स्थानमा सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रहरी, स्थानीय पालिका र सडक विभागको समन्वयमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको सूचना अधिकारी अवस्थीले बताए । पहिरो हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *