अभिनेता सुशान्त सिंह राजपुत अन्तिम समयमा खुट्टा भाँचिएको अवस्थामा भेटिएको दाबी

डिसी नेपाल
१२ असोज २०८३ १५:५३

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको वर्षौं बितिसकेको छ, तर उनी आज पनि आफ्ना प्रशंसकहरूको मनमा जीवितै छन्। सुशान्तकी दिदी श्वेता सिंह कीर्तिले अब पुन: एकपटक अभिनेताको मृत्युलाई लिएर कैयौँ चकित पार्ने दाबीहरू गरेकी छन्।

श्वेता सिंह कीर्तिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक भिडियो सेयर गरेकी छन्, जसमा उनले सुशान्तको पोस्टमार्टम गर्ने व्यक्तिबाट आफूलाई सुशान्तमाथि आक्रमण भएको थाहा भएको दाबी गरेकी छन्। उनको खुट्टा पनि भाँचिएको थियो। उनको शरीरमा चोटका निशानहरू थिए।

श्वेता कीर्ति सिंहले दाबी गर्दै भनिन् – भर्खरै हामीलाई थाहा भएको छ, भाइको पोस्टमार्टम गर्ने व्यक्तिले बताएअनुसार उनीमाथि गन (बन्दुक) को प्रयोग गरिएको थियो। उनको खुट्टा भाँचिएको थियो र उनीमाथि धेरै बल प्रयोग गरिएको थियो। उनको आँखामा पनि चोट लागेको थियो। भाइसँग जे भयो, त्यो गलत थियो भन्ने कुराको महसुस तपाईँहरूलाई छ। यस्तो हुनुहुँदैनथ्यो भन्ने कुरा हामी सबैलाई थाहा छ।

श्वेताले अगाडि भनिन्– ‘म के भन्न चाहन्छु भने म उनको दिदी हुँ। आफ्नो कुनै नजिकको व्यक्तिसँग यस्तो हुनुको महसुस नै अत्यन्तै पीडादायी हुन्छ। यदि मानिस स्वयं यो पीडाबाट गुज्रिन्छ भने सायद उसले एक क्षणका लागि माफ पनि गर्न सक्छ। तर यदि यो तपाईँको कुनै नजिकको मानिससँग हुन्छ, जसलाई तपाईँ धेरै माया गर्नुहुन्छ, भने माफ गर्न सजिलो हुँदैन।’

‘तर म घृणा, प्रतिशोधको भावना वा आक्रोशमा डुब्न चाहन्नँ। मलाई लाग्छ मेरो जीवनको उद्देश्य माया, विश्वास, भलाइ र ईश्वरका लागि उभिनु हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *