जनकवि दुर्गालाल श्रेष्ठलाई ‘अक्षर महर्षि’को पदवी अर्पण

डिसी नेपाल
१३ असोज २०८३ २१:५०

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई ‘अक्षर महर्षि’को पदवी अर्पण गरेकी छन्।

मंगलबार आयोजित जनकवि दुर्गालाल श्रेष्ठ स्मृति समारोहमा बोल्दै डङ्गोलले श्रेष्ठ आफूहरूमाझ नै रहेको अनुभूति भइरहेको बताइन्। उनले श्रेष्ठका कृति, कविता र उहाँबाट प्रेरित पुस्तामार्फत उहाँ सदैव समाजको आवाज बनिरहने बताइन्।

उनले भनिन्, ‘हामी माझ नै हुनुहुन्छ जस्तो लाग्छ। आजको यो कार्यक्रम उहाँसँगै नै हामीले गर्ने योजना बनाएका थियौँ। यद्यपि, यो कार्यक्रममा आज अक्षर आसनमा हामीसँगै आसिन हुनुभएको महसुस गरिरहेका छौँ। उहाँले लेख्नुभएको कृतिहरूमार्फत उहाँ जीवित हुनुहुन्छ। उहाँका कविताहरूमा उहाँ निरन्तर बगिरहनुहुन्छ। र, उहाँले प्रेरणा दिनुभएका थुप्रै पुस्ताहरूमार्फत उहाँ सदैव समाजको आवाज बनिरहनुहुनेछ।’

कार्यक्रममा उनले जनकवि श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै ‘जनकवि, अक्षर महर्षि दुर्गालाल श्रेष्ठ सम्मान’ घोषणा गरेकी थिइन्।

सम्मानपत्र वाचन गर्दै उनले भनिन्, ‘आठ दशकसम्म अविछिन्न अक्षर र शब्दको पवित्र साधना, कवितालाई जीवन दर्शन, गीतलाई जनजनको कीर्तन, भाषालाई आत्मा निवास र लेखनलाई जीवनको एकमात्र आराधना बनाउनुभएका जनकवि दुर्गालाल श्रेष्ठप्रति अक्षर यात्रा दशक आठ ससम्मान हार्दिक कृतज्ञता व्यक्त गर्दछ।’

उनले श्रेष्ठको सुदीर्घ अक्षर साधना, भाषाप्रतिको समर्पण, पुस्तान्तरणसम्म विस्तारित सिर्जनात्मक प्रभाव र साहित्यलाई मानवीय संवेदनासँग जोड्ने योगदानको उच्च मूल्याङ्कन गर्दै ‘अक्षर महर्षि’को पदवी अर्पण गरिएको बताइन्।

उनले श्रेष्ठका सिर्जनाले नेपाली तथा नेवारी साहित्य र समाजमा पारेको प्रभाव लामो समयसम्म स्मरणीय रहने बताइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *