दुबईबाट इजरायल गइरहेको विमान अपहरणका बेला प्रयोग हुने कोड पठाएर साउदीतिर मोडियो
flydubai signs MoU for 75 Boeing 737 MAX Airplanes
काठमाडौं । इजरायली मिडियाको रिपोर्टअनुसार, युएईको दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको एक विमान अचानक आफ्नो तोकिएको उडान मार्गबाट मोडिएको छ।
मिडियाका अनुसार विमान साउदी अरबमा अवतरण गर्नका लागि तल झरिरहेको जस्तो देखिन्छ।
समाचार एजेन्सी रोयटर्सले इजरायलका प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै फ्लाईदुबईको उडान साउदी अरबतर्फ मोडिनुलाई विमान अपहरणको घटना नमानिएको जनाएको छ।
विमानमा करिब १५० जना यात्रु सवार थिए, जसमध्ये अधिकांश इजरायली नागरिक रहेका छन्।
तल झर्ने क्रममा विमानले केही समयका लागि आपत्कालीन स्थितिको सङ्केत दियो र म्यानुअल तरिकाले दिशा बदल्दै तल ओर्लन थाल्यो।
त्यसपछि विमानले त्यो कोड प्रसारण गर्यो, जसको प्रयोग विमान अपहरणको सूचना दिनका लागि गरिन्छ।
विमानले आफ्नो मार्ग साउदी अरबतर्फ मोड्यो र कम उचाइमा आउन थाल्यो। इजरायलका प्रधानमन्त्री र रक्षा मन्त्री हाल आपत्कालीन बैठक गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment