सीजी डिजिटलले ल्यायो ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ अफर
काठमाडौं। नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ‘सीजी डिजिटल’ ले देशभरका आफ्ना २८ वटा शोरुमहरूमार्फत विशेष चाडपर्व योजना ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ सार्वजनिक गरेको छ।
यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरू खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नुका साथै पक्का उपहार (Sure Shot Gifts) र बहुविध लक्की ड्र विजेता (Multiple Lucky Draw Winners) बन्ने आकर्षक अवसरहरू प्राप्त गर्नेछन्।
हाल देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरूमार्फत उपभोक्ताले एलजी, सीजी, टीसीएल, गोदरेज, मिडिया, क्रोम्पटन, बेको, सेन्सेई, केन्ट, एलिसा, सीजी म्यारिडिया, ब्ल्याक एन्ड डेकर र बर्लीजस्ता विश्वसनीय ब्रान्डका साथै नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरू एउटै थलोबाट अनुभव र खरिद गर्न सकिरहेका छन्।
यस दशैँ-तिहार योजनाअन्तर्गत सञ्चालन गरिने लक्की ड्रमार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरी विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू प्रदान गरिनेछ। ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न उत्पादनको खरिदमा पक्का उपहारहरूको समेत व्यवस्था गरिएको छ।
जसअन्तर्गत आठ तथा नौ केजीका वासिङ मेसिनको खरिदमा छ केजी सर्फ एक्सेल र वासिङ मेसिन कभर, डिसवासको खरिदमा दुई वटा वासिङ ट्याब्लेट, ४३ देखि ६५ इन्चसम्मका एलइडी टिभीमा वाल ब्राकेट र एयर कन्डिसनर (एसी) खरिद गर्दा निःशुल्क जडान (Free Installation) को सुविधा उपलब्ध गराइएको छ।
सीजी डिजिटलको यस दशैँ-तिहार योजनामा केवल छुट र उपहार मात्र नभई ग्राहकका लागि अनेकौँ अतिरिक्त सुविधाहरू पनि समेटिएका छन्।
ग्राहकले शून्य प्रतिशत किस्ताबन्दी (0% Interest on EMI), एक्सचेन्ज तथा ईएमआई सुविधा, निःशुल्क डेलिभरी, योग्य उत्पादनहरूमा एक्सचेन्ज बोनस, प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (PMS) र लोयल्टी क्लब रिवार्ड प्रोग्रामजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।
सीजी डिजिटलले ‘अल ब्रान्ड्स इन वान रुफ’ (All Brands in One Roof) को अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरू तुलना गरी आफ्नो आवश्यकताअनुसार सही सामान छनोट गर्ने सहज वातावरण प्रदान गर्दै आएको छ।
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा रहेका २८ वटा शोरुम नेटवर्कमार्फत प्रिमियम उत्पादन, बहुविध ब्रान्ड, आकर्षक अफर र उत्कृष्ट बिक्रीपछिको सेवा (After-Sales Service) एकै ठाउँमा उपलब्ध गराउँदै आइएको छ।
दशैँ र तिहारको खुसीलाई अझ विशेष बनाउन विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, सहज किस्ताबन्दी र उत्कृष्ट ग्राहक सेवासहितको किनमेल अनुभव लिन सीजी डिजिटलले सबैमा आग्रह गरेको छ।
यस योजनामा सहभागी भई ग्राहकले घरका लागि आवश्यक टिभी, फ्रिज, वासिङ मेसिन, एसी, डिसवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर तथा भान्छाका अन्य उपकरणहरू खरिद गर्न सक्नेछन् भने योजनाका विस्तृत नियम तथा सर्तहरूका लागि नजिकैको सीजी डिजिटल शोरुममा सम्पर्क गर्न सकिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment