आगामी तीन दिन देशभरका नदीमा पानीको बहाव सामान्य रहने, सतर्कता तहभन्दा तल रहने महाशाखाको अनुमान

डिसी नेपाल
१५ असोज २०८३ १०:२०

काठमाडौं। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार असोज १५ देखि १७ गतेसम्म देशभरका अधिकांश साना तथा ठूला नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको छ। हाल कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीमा पानीको बहावमा सामान्य घटबढ मात्र देखिएको छ।

पछिल्लो विवरण अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *