परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन्। राजदूत अर्न्स्टले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन्।
भेटमा मन्त्री खनालले विनाशकारी बाढीपछि नेपाललाई निरन्तर साथ, ऐक्यबद्धता र सहयोग प्रदान गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेका थिए। उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको अपेक्षा व्यक्त गर्दै क्षति तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोगमा पहुँचका लागि समेत सहकार्य गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।
राजदूत अर्न्स्टले नेपाललाई विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग जारी राख्ने अस्ट्रेलियाको प्रतिबद्धता दोहोर्याउदै विपद् प्रतिरोधी क्षमता बढाउन व्यावहारिक सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
भेटका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको अस्ट्रेलिया अवार्ड छात्रवृत्ति तथा दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि राजदूत अर्न्स्टले प्रतिबद्धता जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment