१५औं महाधिवेशन: देउवा पक्षद्वारा एकै दिन तीन हजार १९१ वडामा नेतृत्व चयन
काठमाडाैं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनअन्तर्गत बिहीबार एकै दिन देशभरका तीन हजार १९१ वडामा नयाँ नेतृत्व चयन गरेको छ।
पार्टीभित्र आन्तरिक विवाद र समानान्तर गतिविधिको वातावरण बनिरहेका बेला देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो। वडा अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लामा विशेष निर्वाचन संयोजक र ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन अधिकृत खटाएको छ।
पहिलो दिन सातै प्रदेशका गरी तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिएका छन्।
जसअनुसार कोशी प्रदेशका ५७७, बागमती प्रदेशका ५६३, लुम्बिनी प्रदेशका ५५०, सुदूरपश्चिम प्रदेशका ४५६, मधेश प्रदेशका ४०२, गण्डकी प्रदेशका ३८६ र कर्णाली प्रदेशका २५७ वडामा अधिवेशन सकिएको छ।
देशभर कुल छ हजार ७४३ वडा रहेकोमा बाँकी वडाहरूमा शुक्रबार अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment