झापामा ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१५ असोज २०८३ २०:२८

झापा। झापाको दमकबाट ३५ हजार भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

बुधबार साँझ दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकको टोलीले शङ्कास्पद अवस्थामा रहेको बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको किशनगञ्ज जिल्ला, खनियाबाद–३ फतेपुर निवासी २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्। उनीहरूको साथबाट ५ सय दरका ७० थान (कुल ३५ हजार) भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बरामद नोटहरूमध्ये धेरैजसोको सिरियल नम्बर एउटै (दोहोरिएको) पाइएपछि प्रहरीले नक्कली भएको आशङ्कामा थप परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *