सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

डिसी नेपाल
१६ असोज २०८३ १०:४८

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार थापालाई उक्त जिम्मेवारी सुम्पिएकाे हो।

नेपालको ऐतिहासिक तथा सरकारी स्तरको एक मात्र आयुर्वेदिक औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखानाको नेतृत्व सम्हालेसँगै उनको कार्यकालमा संस्थागत व्यवस्थापन सुदृढ हुने अपेक्षा गरिएको छ।

त्यस्तै, पछिल्लो समय सुस्त बनेको आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गर्न र सर्वसाधारणका लागि सेवा प्रवाहलाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले विश्वास लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *