ट्रक र बस ठक्कर ठोक्किँदा बस चालकको मृत्यु, ११ यात्रु घाइते

डिसी नेपाल
१६ असोज २०८३ ११:०६

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार ट्रक र बस एकापसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु प्र ०३-००१ ख ००९९ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका-५ निवासी सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

प्रहरीका अनुसार बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका-२ घर भएका ट्रक चालक रुपेश धिमाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *