दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी
वासिंटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको सांघातिक आक्रमणमा इरानको संलग्नता पुष्टि भए उसले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले उक्त घटनामा इरानको संलग्नताबारे सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। घटनामा इरान जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भन्दै उनले चेतावनी दिएका हुन्।
उक्त विमानमा सह-पाइलटले मुख्य कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रण कायम राख्न ठूलो सङ्घर्ष भएको थियो। घटनापछि साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको विमानका यात्रुहरूलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो। साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले पनि सह-पाइलटले नै कप्तानमाथि आक्रमण गरेको देखाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह-पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको बताउँदै उनले विमान दुर्घटना गराउने नियतले प्रयास गरेको आरोप लगाएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) का प्रमुख अभियोजकले यस घटनामा आतंकवादी गतिविधि वा त्यस्तो कुनै उद्देश्य भए-नभएको विषयमा अनुसन्धान भइरहेको जनाएका छन्। प्रधानमन्त्री नेतान्याहुका अनुसार आक्रमणकारी सह-पाइलट ओमानी नागरिक हुन्।
इजरायलसँग कूटनीतिक सम्बन्ध नै नभएका देशका नागरिकलाई इजरायलतर्फ जाने उडानमा काम गर्न दिइएको विषयमा समेत गम्भीर जाँच हुने उनले बताएका छन्।
भारतीय नागरिक रहेका क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि विमानमा सवार यात्रुहरूले सह-पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। फ्लाइटराडार २४ का अनुसार आक्रमणका क्रममा विमान एकै मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो।
घाइते क्याप्टेन मच्छरको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको भारतीय दूतावासले जनाएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको खुलेर प्रशंसा गरेका छन्।
फ्लाईदुबईले ड्युटीमा रहेका आफ्ना अर्का चालकदलका सदस्यले विमानलाई सुरक्षित रूपमा अवतरण गराएको स्पष्ट पारेको छ। घटनाको अनुसन्धान जारी रहेकाले हालका लागि इजरायलतर्फका सबै उडानहरू स्थगित गरिएको कम्पनीले जनाएको छ।
यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति तीव्र रूपमा बढिरहेका बेला राष्ट्रपति ट्रम्पको यो कडा चेतावनी आएको हो। ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र (Patriot Missile) प्रणाली तैनाथ गरिसकेको छ भने युएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ अघि बढिरहेको छ।
उता, इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह-पाइलटलाई नियन्त्रणमा लिन र सम्भावित ठूलो विमान दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच जना इजरायली नागरिकहरूलाई सम्मान गर्ने घोषणा गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment