नेप्सेमा ११.९० अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार

डिसी नेपाल
१६ असोज २०८३ १६:१९

काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५६ कम्पनिका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ मा कारोबार भएको थियो। आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चरको शेयर १४.२९ प्रतिशतले बढेको छ भने एसबिएल डिभेन्चरको शेयर ८.८० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर ८.५५ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी एसबिएल डिभेन्चरको २६ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १५ करोड ५३ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *