तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल
दमौली (तनहुँ)। तनहुँ निर्वाचन क्षेत्र नं १ का स्थानीय विकास, सडक तथा पूर्वाधार निर्माणलगायत विकासका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज छलफल गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्लास्तरीय नेताहरूले अर्थमन्त्री वाग्लेसँग भेटघाट गरी विकास निर्माणका विषयमा छलफल गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सचिव अनिल श्रेष्ठले अर्थमन्त्री वाग्लेसँगको भेटमा तनहुँ-१ अन्तर्गतका विभिन्न स्थानीय तहमा आवश्यक देखिएका विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको जानकारी दिए।
विशेषगरी सडक तथा यातायात पूर्वाधारको अवस्था, स्थानीयस्तरमा आवश्यक विकास आयोजना, पूर्वाधार निर्माण तथा क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट र योजनाका विषयमा छलफल भएको श्रेष्ठले बताए।
क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने विषयमा छलफल भएको उनको भनाइ छ। स्थानीयस्तरबाट उठेका विकासका आवश्यकता सम्बन्धित निकायसम्म पुर्याउँदै दीर्घकालीन रूपमा प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको श्रेष्ठले उल्लेख गरे।
श्रेष्ठले भने, ‘तनहुँ-१ को समग्र विकासका लागि आवश्यक सडक, पूर्वाधार तथा स्थानीय विकासका विषयमा अर्थमन्त्रीज्यूसँग गम्भीर र सकारात्मक छलफल भएको छ। क्षेत्रका वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा कुराकानी भएको छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment