कांग्रेस महाधिवेशन : ३० स्वास्थ्यकर्मी र दुई एम्बुलेन्स मैदानमा, होटलमै पुगेर स्वास्थ्य जाँच

डिसी नेपाल
१७ असोज २०८३ १२:००

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरुका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मन्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा.केसीले हेल्थ डेस्क दुई सिफ्टमा संचालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरु रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधि लगायत निःशुल्क प्रदान गरिनेछ।

यसैगरी प्रतिनिधिहरुलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा स्न्र्टर र वसुन्धारामा रहेको वीपी स्मृति अस्पतालमा ब्यवस्था मिलाइएको छ । त्यसका लागि महाधिवेशन स्थलमा नै दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल’ ड्युटीको ब्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामासमेत प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गरिने प्रवन्ध गरिएको डा.केसीले जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै सेवा उपलब्ध हुने जानकारी दिइन्। उनका अनुसार अत्यावश्यक औषधि हेल्थ डेस्कमा उपलब्ध हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *