सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो : चाँदी पनि सस्तियो

डिसी नेपाल
१८ असोज २०८३ ११:०७

काठमाडौं। नेपाली बजारमा आइतबार (असोज १८) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आइतबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *