युनाइटेड लुब्रिकेन्ट्सको ‘युनाइटेड डिलर्स सम्मेलन २०८३’ थाइल्यान्डको पटायामा सम्पन्न
काठमाडौं। युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडको आयोजनामा ‘युनाइटेड डिलर्स सम्मेलन २०८३’ थाइल्यान्डको पटायास्थित द होलिडे रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
यही असोज ५ देखि ९ गतेसम्म (सेप्टेम्बर २१ देखि २५) सञ्चालित सो सम्मेलनमा कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूको बाक्लो सहभागिता रहेको थियो।
कम्पनी र डिलरहरूबीचको सम्बन्ध सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्नेहरूलाई सम्मान गर्ने र नयाँ उत्पादनहरू सार्वजनिक गर्ने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा भिडोल लुब्रिकेन्ट र नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्डका डिलरहरूले आपसमा व्यावसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा गहन छलफल र अन्तरक्रिया गरेका थिए।
सम्मेलनका क्रममा आयोजित विशेष पुरस्कार वितरण समारोहमा दुवै ब्रान्डका उत्कृष्ट डिलर र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिनिधिहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार प्रदान गरियो।
सोही अवसरमा कम्पनीले दुईपाङ्ग्रे सवारी (बाइक तथा स्कुटर) का लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब र डिजेल एक्जोस्ट फ्लुइडसमेत सार्वजनिक गरेको छ।
नयाँ उत्पादनको सुरुवातसँगै बजारको माग र ग्राहकको आवश्यकता अनुसार आफ्ना उत्पादनहरूको दायरा विस्तार गर्दै लैजाने रणनीति कम्पनीले लिएको छ।
व्यावसायिक छलफलका साथै सहभागीहरूबीच आत्मीयता र सम्बन्ध अझ मजबुत बनाउन विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका नायब महाप्रबन्धक दिनेश खनालले यस सम्मेलनले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई नयाँ उँचाइमा पुऱ्याउनुका साथै आगामी दिनमा व्यावसायिक विस्तारका लागि नयाँ ऊर्जा थपेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment