जसपा नेपालबाट चार नेताको राजीनामा, पुनर्जागरण यात्रामा होमिने घोषणा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना प्रभावशाली नेताहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा पूर्वसंघीय सांसद, पार्टी सदस्य तथा सहिद परिवारकी सदस्य इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्। उनीहरूले आज पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
जसपा नेपालबाट राजीनामा दिएसँगै उनीहरूले पूर्णकालिक सदस्यका रूपमा ‘हुंकार मधेश’ अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
गत असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको ‘हुंकार मधेश’ अभियानले निकट भविष्यमै सय दिने ‘मेची-महाकाली हुलाकी पुनर्जागरण यात्रा’ प्रारम्भ गर्न लागेको जानकारीसमेत दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment