काभ्रे कांग्रेसको र्‍याली खुलामञ्चमा

डिसी नेपाल
१८ असोज २०८३ १४:३१

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति भव्य र्‍यालीसहित महाधिवेशनस्थल खुलामञ्च प्रवेश गरेको छ।

पार्टीका काभ्रे जिल्ला सभापति तीर्थ लामाको नेतृत्वमा आएको नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको टोली झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिका साथ खुलामञ्च पुगेको हो। काभ्रेबाट आएका समर्थक तथा प्रतिनिधिहरूले पार्टीको झण्डा र नाराबाजीसहित महाधिवेशनस्थलमा उत्साहप्रद उपस्थिति जनाएका छन्।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन काठमाडौँका विभिन्न स्थानबाट आएका जिल्लास्तरीय टोलीहरूको खुलामञ्च प्रवेश गर्ने क्रम जारी छ।

(तस्बिरहरू : सक्षम घिमिरे / नेपाल न्युज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *