मुस्ताङ पुगेका चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै फर्किए

डिसी नेपाल
१८ असोज २०८३ १९:५३

काठमाडौं। कोरोला नाका हुँदै मुस्ताङ पुगेका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सोही नाका हुँदै फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीका अनुसार सडक अवस्थाको अवलोकन सकेर फर्किएका हुन्।

‘नेपालसँग जोड्ने दुई वटा नाका बन्द भएपछि आयात निर्यातमा समस्या थियो। हाल कोरोला नाका धेरै प्रयोग हुन थालेपछि सडक वा भौतिक अवस्था हेर्न आउनुभएको रहेछ। उहाँ कोरोला नाका हुँदै फर्किसक्नु भएको छ,’ उनले भने।

राजदूत चाङ शनिबार दिउँसो १२ बजेपछि मुस्ताङ आइपुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *