मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडाैं। युवकको ज्यान गएको छ। दुर्घटनामा भरतपुर महानगरपालिका-११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो।
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो। दुर्घटनामा परेर चालक देवेन्द्र थापा र मोटरसाइकलमा सवार स्याङ्जाको वालिङ नगरपालिका-८ निवासी सागर थापा घाइते भएका थिए।
दुर्घटनालगत्तै घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकोमा चिकित्सकले देवेन्द्रलाई मृत घोषणा गरेका हुन्।
अर्का घाइते सागरको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment