जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ ।
स्थानीय बिनोद दासकी पत्नी २० वर्षिया प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्क दासको आफन्तका अनुसार आईतबार बेलुकी ६ः५० बजे प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनको श्रीमान बिनोदले पासो खोली मृत्कको शवलाई ओछ्यानमा राखेका थिए ।
उत्त घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कपिलेश्वरको टोली सो स्थानमा पुगेर शवलाई सुरक्षा दिएको थियो । अबेर रातीसम्म स्थानीयवासीले उक्त घरअगाडि प्रहरी प्रशासनको विरोध गरेका थिए । उनीहरुले मृत्क दासको हत्या भएको भन्दै विरोध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अहिलेसम्म शवको मुचुल्का उठाइएको छैन। प्रारम्भिक सोधपुछका निम्ति मृत्कको श्रीमान विनोदलाई जिल्ल प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । आजै केही बेरमा मुचुल्का उठाएर शव पोस्टमार्टका लागि पठाइने धनुषा प्रहरीले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment