सुनसरीको इनरुवाबाट साढे २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
१९ असोज २०८३ ११:०२

सुनसरी।  सुनसरीको इनरुवाबाट प्रहरीले दुई हजार ५६६ किलो (साढे २५ क्विन्टलभन्दा बढी) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इनरुवा नगरपालिका-३ स्थित सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरी राखिएको उक्त ठूलो परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।

बन्दागोभी बोकेको ट्रकभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलार्ई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *