चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते
चितवन। चितवनको कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
सोमबार दिउँसो मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप ठोक्किएका थिए।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
घाइते १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ भने जिप चालक पनि घाइते भएकाले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment