कोहलपुरको पोलिक्लिनिक घटनामा छानबिन समिति गठन

डिसी नेपाल
१९ असोज २०८३ १९:५३

काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

परिषद्का अनुसार असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि सत्यतथ्य अनुसन्धान गर्न समिति गठन गरिएको हो। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले करणीसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाहेरीका आधारमा पोलिक्लिनिक सञ्चालकसमेत रहेका कोहलपुर–११ का ६३ वर्षीय गणेशबहादुर थापा नियन्त्रणमा छन्।

प्रहरीका अनुसार थापासँग सीएमए प्रमाणपत्र मात्र रहेको र उपचारका लागि आवश्यक इजाजत नभएको पाइएको छ। उनीविरुद्ध करणीसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा नेपाल मेडिकल काउन्सिलको आचारसंहिता तथा व्यावसायिक आचरणविपरीत कार्य भएको आरोपसम्बन्धी पक्षमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *