भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरको राजीनामा
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी स्टार खेलाडी हरमनप्रीत कौरले क्रिकेटका सबै फर्म्याटबाट कप्तानी छाडेकी छन्।
उनले ६ अक्टोबर २०२६ मा सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै यस निर्णयको आधिकारिक घोषणा गरेकी हुन्।
हरमनप्रीत कौरले आफ्नो पोस्टमा लेखेकी छन्, ‘आज, म सबै फर्म्याटमा भारतीय महिला क्रिकेट टोलीको कप्तानी छाड्दै छु। यो निर्णय सहज छैन। यसमा वर्षौँका सम्झनाहरू, भावनाहरू, त्याग र यस्ता पलहरू सामेल छन् जुन जीवनभर मसँगै रहनेछन्।’
उनले अगाडि लेखेकी छन्, ‘मैले यस टोली र भारतीय महिला क्रिकेटका लागि आफ्नो सबथोक दिएकी छु- आफ्नो रगत, पसिना, समय र धेरै पटक आफ्नो खेल अनि व्यक्तिगत सपनाहरूको एउटा हिस्सा पनि। यस्ता अवसरहरू पनि आए जब मैले आफ्ना व्यक्तिगत प्रदर्शन, आफ्नो प्रगति र आफ्ना इच्छाहरूलाई पछाडि राख्नुपर्यो, किनभने मेरो मान्यता थियो कि टोली सबैभन्दा पहिले हुनुपर्छ।’
‘कप्तानका रूपमा मैले धेरै कठिन निर्णयहरू लिनुपर्यो। यस्ता निर्णयहरू जसलाई सधैँ सही रूपमा बुझिएन, जुन सधैँ सहज थिएनन् र धेरै पटक जसको मूल्य मैले स्वयं चुकाउनुपर्यो। तर मैले हरेक निर्णय केवल एउटा उद्देश्यका साथ लिएँ- यस टोलीलाई अझ उत्कृष्ट बनाउन र अन्य खेलाडीहरूलाई अगाडि बढ्ने, आफूमाथि विश्वास गर्ने अनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मौका दिनका लागि।’
हरमनप्रीतले लेखेकी छन्, ‘मैले सबथोक देखेकी छु। मैले सबैभन्दा खराब दौर, हृदयभङ्ग (हार्टब्रेक), आलोचना, प्रश्नहरू र ती दिनहरू देखेकी छु जब लाग्दथ्यो कि केही पनि हाम्रो पक्षमा गइरहेको छैन। मैले सबैभन्दा शानदार पलहरू पनि देखेकी छु- जित, उत्सव, आफ्नो देशको प्रतिनिधित्व गर्नुको गर्व र यस्ता पलहरू जसले हरेक त्यागलाई सही साबित गरिदिए।’
हरमनप्रीतले आफूले कप्तानी छाडिरहेको भए पनि टोली राम्रो स्थितिमा रहेको कुरामा आफूलाई सन्तोष रहेको बताएकी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment