२०२६ को चिकित्साशास्त्रको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई

डिसी नेपाल
२१ असोज २०८३ १६:०५

काठमाडौं । सन् २०२६ को रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका केन्सो सोआईलाई प्रदान गरिएको छ। दुवै वैज्ञानिकहरूले रसायन विज्ञानको करिब १०० वर्ष पुरानो एउटा जटिल रहस्य सुल्झाएका छन्।

हेनरी बी. कागन र केन्सो सोआईले ऐनामा देखिने प्रतिबिम्ब जस्तै देखिने दुई अणुहरूमध्ये केवल एउटालाई मात्र कसरी बनाउन सकिन्छ भन्ने कुरा स्पष्ट पार्न महत्त्वपूर्ण योगदान दिएका छन्। यो खोज विशेष गरी औषधि निर्माणको क्षेत्रमा अत्यन्तै उपयोगी साबित हुनेछ।

नोबेल पुरस्कार विजेताहरूलाई आगामी डिसेम्बरमा स्विडेनको राजधानी स्टकहोममा सम्मान गरिनेछ। उनीहरूलाई पदक, डिप्लोमा र पुरस्कार राशि प्रदान गरिनेछ। सन् २०२६ मा नोबेल पुरस्कारको राशि करिब ११ करोड स्विडिस क्रोनर रहेको छ।

उनीहरूले गरेको खोजलाई सरल तरिकाले बुझ्न सकिन्छ । हाम्रा दुवै हातहरू लगभग एउटै जस्ता देखिन्छन्, तर बायाँ हातले दायाँ हातको ठाउँ लिन सक्दैन। केही अणुहरू पनि ठ्याक्कै यस्तै हुन्छन्। यिनीहरूका दुई रूप हुन्छन् र दुवै एक-अर्काका ऐनामा देखिने प्रतिबिम्ब जस्तै हुन्छन्।

वैज्ञानिकहरूले जब यस्ता अणुहरू तयार पार्दथे, तब धेरैजसो दुवै रूपहरू एकैसाथ बन्दथे। तर औषधि निर्माण गर्दा दुवै रूपको आवश्यकता पर्दैनथ्यो।

कुनै औषधिको एउटा रूपले शरीरको रोग निको पार्ने काम गर्न सक्छ भने, त्यसको ‘मिरर इमेज’ रहेको अर्को रूपले कि त कामै नगर्न सक्छ कि त उल्टै शरीरलाई गम्भीर हानि पुर्‍याउन सक्छ। त्यसैले वैज्ञानिकहरू जुन अणुको आवश्यकता छ, त्यही मात्र बनोस् र अर्को नबनोस् भन्ने चाहन्थे।

यो केवल औषधिको मात्र समस्या थिएन, हाम्रो शरीरमा पनि यसको स्पष्ट उदाहरण पाइन्छ। प्रोटिन निर्माण गर्ने ‘अमिनो एसिड’ का दुईवटा मिरर इमेज रूप हुन सक्छन्, तर मानव शरीरले प्रोटिन बनाउनका लागि तीमध्ये केवल एउटा रूपको मात्र प्रयोग गर्दछ। प्रकृतिले यो कसरी सम्भव तुल्यायो भन्ने कुरा वैज्ञानिकहरूले लामो समयदेखि खोजिरहेका थिए।

हेन्री बी. कागनले सन् १९८६ मा एउटा यस्तो रासायनिक प्रक्रियाको खोज गरे, जसबाट दुवै रूपहरू बराबर मात्रामा बन्दैनथे। यस प्रक्रियामा एउटा रूप अर्कोभन्दा निकै धेरै मात्रामा बन्न थाल्यो। अर्थात्, उनले रासायनिक प्रक्रियालाई नियन्त्रण गरेर आफूलाई चाहिएको अणु बढी बनाउन सकिन्छ भन्ने प्रमाणित गरिदिए।

त्यसपछि केन्सो सोआईले यो अनुसन्धानलाई अझ अगाडि बढाए। उनले एउटा यस्तो प्रक्रिया विकसित गरे, जसमा सुरुआतमा जुन अणुको थोरै बढी मात्रा बन्छ, त्यसैले पछि आफ्नै जस्ता अन्य अणुहरू थप निर्माण गर्न मद्दत पुर्‍याउँछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *