बाढी-पहिरोले देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित, केही सडक ठप्प त केही एकतर्फी मात्र सञ्चालनमा

डिसी नेपाल
२२ असोज २०८३ ७:५८
4
Shares

काठमाडाैं। बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा विभिन्न सडक खण्डहरू नराम्ररी प्रभावित बनेका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण कैयौँ सडकहरू पूर्ण रूपमा ठप्प भएका छन् भने केही स्थानमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने जनाइएको छ।

त्रिभुवन राजपथअन्तर्गत धुनिबेशी नगरपालिका-९ खत्रीपौवामा पहिरो खसेकाले हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ। त्यस्तै, बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे पहिरो जाँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालीगण्डकी कोरिडोरको बौदीकाली गाउँपालिका-३ स्थित जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी मात्र खुलेको छ, जहाँ ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। यसैगरी, बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक खण्डमा बाढी आएका कारण यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका-१ स्थित चोरखोला र बनकसबास क्षेत्रमा पहिरो खसेपछि सवारी साधनहरू एकतर्फी रूपमा मात्र चलिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *