एमालेको वरिष्ठ नेता बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा (तस्बिर)

डिसी नेपाल
२२ असोज २०८३ १४:००
4
Shares

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को औपचारिक बैठकमा सहभागी भएकी छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्थायी कमिटी बैठकमा भण्डारी वरिष्ठ नेताको भूमिकामा सहभागी भएकी हुन्।

२०७२ कात्तिक ११ गते पहिलोपटक देशको राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले एमालेको दलीय जिम्मेवारी र साधारण सदस्यता त्यागेकी थिइन्।

लगातार दुई कार्यकाल (२०७९ फागुन २८ सम्म) राष्ट्रपतिको जिम्मेवारी सम्हालेर बाहिरिएपछि उनले पुनः सक्रिय राजनीतिमा फर्कने इच्छासहित एमालेको सदस्यता नवीकरण गराएकी हुन्।

पछिल्लो समय एमालेभित्र विकसित आन्तरिक राजनीतिक घटनाक्रम र शक्ति सन्तुलनका बिच पार्टी केन्द्रीय कमिटीको बैठकबाट उनलाई एमालेको वरिष्ठ नेता मनोनीत गरिएको थियो। एमालेको विधान अनुसार वरिष्ठ नेतालाई पार्टीका सबै तहका कमिटी बैठकहरूमा सहभागी हुन पाउने व्यवस्था छ।

वरिष्ठ नेता मनोनीत भएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो। बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटब्युरो तथा विभिन्न विभागीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनबारे छलफल भइरहेको एमालेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *