प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक हवाई भाडा घटाउन वायुसेवा कम्पनी सहमत

डिसी नेपाल
२२ असोज २०८३ १७:१९
252
Shares

काठमाडौं। आगामी चाडपर्वका बेला वायुसेवा कम्पनीहरूले मनोमानी रूपमा टिकटको मूल्य बढाएको गुनासो बढेपछि सरकारको पहलमा हवाई भाडादर घट्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको विशेष चासो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा सञ्चालकहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न तयार भएका हुन्।

हवाई भाडादरका विषयमा सर्वसाधारणबाट व्यापक गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको थियो। सो छलफलपछि कम्पनीहरू स्वीकृत अधिकतम सीमाभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएको क्यानका महानिर्देशक मुकेश डङ्गोलले जानकारी दिए।

सहमतिअनुसार अब वायुसेवा कम्पनीहरूले सस्तो मूल्यको भाडादरसम्बन्धी विवरण आफ्ना आधिकारिक बिक्री प्लेटफर्म तथा वेबसाइटहरूमा सार्वजनिक गर्नुपर्नेछ। चाडपर्वमा घर फर्किने यात्रुलाई राहत दिन सरकारले यो कदम चालेको हो।

यो पनि पढ्नुस्

नेपालमा हवाई भाडा: बालेनको ‘स्टाटस’लाई गिज्याउने धनगढी-काठमाडौं भाडादर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *