एलजीको वाटर प्युरिफायर नेपाली बजारमा

डिसी नेपाल
२३ असोज २०८३ १४:०९
4
Shares

काठमाडौं। घरमा प्रयोग हुने पिउने पानीको गुणस्तर र स्वच्छताप्रति बढ्दो सचेतनासँगै उपभोक्ताहरूले पानी शुद्धीकरण प्रविधिका साथै भण्डारण क्षमता र प्रविधिलाई पनि प्राथमिकता दिन थालेका छन्।

यही आवश्यकतालाई सम्बोधन गर्दै एलजी वाटर प्युरिफायर्सले उन्नत पानी शुद्धीकरण प्रविधिसँगै स्टेनलेस स्टिल ट्यांकीको मजबुती र स्वच्छतालाई संयोजन गरी नेपाली बजारमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ।

एलजी वाटर प्युरिफायरको नयाँ शृङ्खलामा ८ लिटर क्षमताको ‘३०४ ग्रेड’ स्टेनलेस स्टिल ट्यांकी र ट्यांकीभित्रै अल्ट्राभ्वाइलेट (युभी) एलइडी प्रविधि मुख्य विशेषताका रूपमा रहेका छन्।

यसले परम्परागत प्लास्टिक ट्यांकीको तुलनामा थप स्वच्छ र टिकाउ विकल्प प्रदान गर्दछ। उच्च गुणस्तरीय स्टेनलेस स्टिलबाट निर्मित यो ट्यांकी सफा तथा जीवाणुरहित बनाउन सहज हुनुका साथै ब्याक्टेरियाको वृद्धिलाई रोक्न मद्दत गर्दछ।

दोहोरो सुरक्षा प्रणाली (ड्युअल प्रोटेक्सन)

एलजीको दोहोरो सुरक्षा प्रणालीयुक्त हावा नछिर्ने (एयरटाइट) स्टेनलेस स्टिल ट्याङ्कीले शुद्धीकरणपछि पानी भण्डारण गर्दा पनि त्यसको ताजापन र स्वच्छता कायम राख्न मद्दत गर्छ। हावा नछिर्ने ट्यांकीको बिर्को र लक गर्ने प्रणालीले बाहिरी धुलो, जीवाणु तथा अन्य अशुद्ध पदार्थहरू ट्याङ्कीभित्र प्रवेश गर्न दिँदैन।

यसमा बहु-चरण शुद्धीकरण (मल्टि-स्टेज प्युरिफिकेसन) प्रणाली समावेश गरिएको छ। मोडलअनुसार यसमा सेडिमेन्ट फिल्ट्रेसन (धुलो-मैला छान्ने प्रक्रिया), एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स ओस्मोसिस (आरओ) तथा मिनरल बुस्टर वा पोस्ट-कार्बन फिल्ट्रेसनजस्ता उन्नत फिल्ट्रेसन प्रक्रियाहरू रहेका छन्।

मोडल र सुविधाहरू

विद्युत् आपूर्ति नभएको अवस्थामा समेत भण्डारण गरिएको ८ लिटर शुद्ध पानी प्रयोग गर्न सकिने गरी यसको डिजाइन गरिएको छ। ‘डब्लुडब्लु १५१ एनटी’ मोडलमा पावर, ट्यांकी भरिएको (ट्यांकी फुल), सर्भिस रिमाइन्डर र युभी संकेतकहरू रहेका छन्।

यस मोडलमा हरेक ६ घण्टामा ट्यांकी भित्रको युभी एलइडी प्रणाली ७५ मिनेटसम्म स्वतः सञ्चालन हुन्छ। त्यस्तै, ‘डब्लुडब्लु १३१ एनएफ’ मोडलमा पावर र ट्यांकी भरिएको संकेतक उपलब्ध छन्।

दुवै मोडलमा रहेका फिल्टरको क्षमता ६ हजार लिटरसम्म रहेको छ, जसले पटक-पटक फिल्टर फेर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ।

दुई पटक निःशुल्क मर्मत सेवा र EMI सुविधा

परम्परागत वाटर प्युरिफायरभन्दा एक कदम अगाडि बढ्दै एलजीले पहिलो वर्षको मर्मत सहयोगअन्तर्गत “२ फ्री मेन्टिनेन्स” (दुई पटक निःशुल्क मर्मत) सुविधा पनि ल्याएको छ। यसअन्तर्गत ग्राहकहरूले दुई पटक निःशुल्क तालिकाबद्ध र स्वचालित सेवा, दुई पटक निःशुल्क सम्पर्करहित मर्मतसहित डिजिटल जीवाणुरहित सेवा (डिजिटल स्टेरिलाइजेसन केयर) तथा दुई वटा निःशुल्क बाहिरी सेडिमेन्ट फिल्टर प्राप्त गर्नेछन्।

यी वाटर प्युरिफायरहरू एलजी ब्रान्ड शप, सिजी डिजिटल तथा अधिकृत एलजी डिलरहरूबाट खरिद गर्न सकिनेछ। ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (०% ईएमआई) सुविधाका साथै हाल चाडपर्वको अवसरमा आकर्षक छुट तथा विशेष अफरहरू पनि उपलब्ध गराइएको छ।

नेपालमा एलजी उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सिजी इलेक्ट्रोनिक्स (सिजी कर्प ग्लोबलअन्तर्गत) रहेको छ। सिजी इलेक्ट्रोनिक्सले एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँगको चार दशकभन्दा लामो साझेदारीमार्फत नेपालमा एलजीलाई चार दशकदेखि विश्वासिलो ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *