राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिएका छन्।
यसअघि १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था रहेकोमा यस अध्यादेश मार्फत सरकारले भोटेकोशी बाढीबाट बेपत्तालाई लक्षित गर्दै उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐन संशोधन गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment