कांग्रेसको सभापति पदको मतगणना आजै हुने
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै राष्ट्रिय सभागृहमा हुने भएको हो। मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी गरिएको छ। जारी मतदान साँझ ७ बजेसम्मका लागि तोकिएको छ।
कांग्रेसको सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment