तस्बिर

दशैंको सँघारमा त्रिभुवन विमानस्थलको दृश्य: एकातिर चाडबाडको रौनक, अर्कोतिर परदेशिने युवाको लर्को

डिसी नेपाल
२४ असोज २०८३ १०:३८
8
Shares

काठमाडौं। देशैभर विजयादशमी तथा दसैँको उमङ्ग र चहलपहल छाउन थालेको छ। आफ्ना मान्छेहरू घर फर्कने र परिवारसँग खुसी साट्ने यो समयमा देशको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने भिन्न र कारुणिक दृश्य देखिन्छ।

एकातिर दशैं मनाउन जन्मभूमि फर्कनेहरूको खुसी छ भने अर्कोतिर चाडबाडकै मुखमा परिवार र मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि उड्ने युवाहरूको उस्तै भीड छ।

विमानस्थलमा रातको समयमा समेत परदेशिन लागेका युवाहरूको बाक्लो लर्को देख्न सकिन्छ। चाडबाडको संघारमा आफन्त र परिवारलाई छाडेर बाकस बोक्दै अन्तिम बिदाइका हात हल्लाउनुपर्ने बाध्यताले धेरैका आँखा रसाएका छन्। आफ्ना सपना र परिवारको उज्ज्वल भविष्यका लागि चाडबाडको रौनकसमेत भुलेर युवाहरू रातारात परदेशको यात्रा तय गर्न बाध्य भएका छन्।

(तस्विर : युवराज गौतम, नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *