नेपाल टेलिकमको विशेष अफर: एफटीटीएचमा भारी छुट र सहुलियत दरमा डाटा तथा भ्वाइस प्याक

डिसी नेपाल
२४ असोज २०८३ १५:४०
72
Shares

काठमाडौं। नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ ल्याएको छ।

यस अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइल ग्राहकका लागि सहुलियत दरमा भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू उपलब्ध गराइने टेलिकमले जनाएको छ।

चाडपर्वका बेला ग्राहकहरूलाई आपसमा बढी सम्पर्कमा रहन, आफन्तसँग खुसी बाँड्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहित गर्ने उद्देश्यले यी सुविधाहरू ल्याइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभएको छ।

अफरअन्तर्गत आगामी असोज २५ देखि कार्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई ५०० रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिनेछ।

यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूले एक महिना थपसहित १३ महिनाको सेवा प्राप्त गर्नेछन् र बोनसका रूपमा पाइने मोबाइल डाटा पनि १३ महिनासम्म नै उपलब्ध गराइनेछ। साथै भर्चुअल सेट-टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि पहिलेदेखि नै कायम रहेको एक हजार रुपैयाँको छुट सुविधालाई यथावत् राखिएको छ।

जीएसएम मोबाइल सेवाका ग्राहकहरूका लागि टेलिकमले ३० दिनको समयावधि तोकेर विभिन्न सहुलियत प्याकहरू प्रस्तुत गरेको छ। जसअनुसार ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा पाइने ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटा पाइने ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याक उपलब्ध हुनेछ।

फेस्टिभल अनलिमिटेडमा दैनिक तोकिएको ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा र प्रिमियम प्याकमा दैनिक १० जीबी सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

यसका साथै २५० रुपैयाँमा ३० दिनका लागि जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा टेलिकमको आफ्नै नेटवर्कभित्र प्रयोग गर्न सकिने एक हजार वटा एसएमएस सुविधाको ‘फेस्टिभ म्यासेज प्याकेज’समेत उपलब्ध गराइएको छ।

यी मोबाइल प्याकेजहरू आगामी २०८३ असोज ३० देखि कार्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सजिलै यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *