बुढीगण्डकी नदीमा बाढी: ३४१ मेगावाटको बुढीगण्डकीसहित चार आयोजना अस्तव्यस्त
काठमाडौं। लगातारको वर्षापछि बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले निर्माणधीन चारवटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार बाढीले आयोजनाका मुख्य क्याम्प, निर्माण उपकरण, सामग्रीका साथै बेलिब्रिज र पहुँच सडकहरू बगाएको तथा क्षति पुर्याएको छ।
सबैभन्दा बढी क्षति ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना (टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित) मा भएको छ, जसको मुख्य क्याम्प क्षेत्र र ठूला निर्माण उपकरणहरू बाढीले पूरी तरह बगाएर लगेको छ।
यसैगरी, बाढीका कारण अन्य तीनवटा आयोजनाहरूमा पनि भारी नोक्सानी पुगेको छ:
-
२४.५ मेगावाट को दोभान खोला जलविद्युत् आयोजना
-
३०.५९ मेगावाट को यारु खोला जलविद्युत् आयोजना
-
१६ मेगावाट को माछा खोला जलविद्युत् आयोजना
प्रारम्भिक रिपोर्ट अनुसार बाढीले आयोजना स्थलका आवास भवन, बेलिब्रिज र पहुँच सडकका पुलहरू क्षतिग्रस्त बनाएको छ। आयोजना स्थलसम्म पुग्ने बाटो अवरुद्ध हुनाका साथै निर्माण सामग्री र महत्त्वपूर्ण मेसिनरी उपकरणहरू बगाउँदा निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको छ।
क्षेत्रीय अवस्था र क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment