बुढीगण्डकी नदीमा आएको बाढीले बगायो आरुघाटको पक्की पुल र स्याउली बजारको सुकुम्बासी बस्ती
धादिङ। बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ बिशालनगरस्थित स्याउली बजार र त्यहाँको सुकुम्बासी बस्तीमा ठूलो क्षति पुर्याएको छ।
नदी तटीय क्षेत्रमा रहेको उक्त सुकुम्बासी बस्तीलाई सिमेन्ट र बालुवा मिसिएको लेदोसहितको भीषण बाढीले पूर्ण रूपमा बगाएको छ। त्रिपुरासुन्दरी गाउँपालिका-२ का स्थानीय कृष्ण बहादुर खत्रीका अनुसार बाढीले सुकुम्बासी बस्ती र स्याउली बजारका गरी करिब ६० वटा घरमा क्षति पुर्याएको छ।
यसैगरी बाढीले धादिङ र गोरखा जिल्लालाई जोड्ने प्रसिद्ध आरुघाटको पक्की पुलसमेत बगाएको छ। बाढीले पुलको गोरखातर्फको आधा भाग पूर्ण रूपमा बगाएको छ भने धादिङतर्फको सडक क्षेत्रमा नदीको बाढी पसेर क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका अन्य थुप्रै घरहरूमा पनि बाढीले ठूलो नोक्सानी पुर्याएको जनाइएको छ।
तस्विर : शंकर श्रेष्ठ




No ads found for this position



डिसी नेपाल
Facebook Comment