कांग्रेस मतगणना

४६०० मत गणना हुँदा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

डिसी नेपाल
२५ असोज २०८३ १८:५६
120
Shares

काठमाडौं। नेपाली कांग्रेसको जारी मतगणनाअनुसार ४६०० मत गणना भइसक्दा विभिन्न पदहरूमा प्रतिस्पर्धा तीव्र बनेको छ। पछिल्लो मत परिणाम अनुसार उपसभापति (खुल्ला) तर्फ चन्द्र भण्डारीले २३४३ मत प्राप्त गर्दै आफ्नो फराकिलो अग्रता कायम राखेका छन्।

सोही पदमा मधु आचार्यले १४४१ मत ल्याएर पछ्याइरहेका छन् भने गोविन्द भट्टराईले १२१९ मत प्राप्त गरेका छन्। यस्तै सुरेन्द्रराज पाण्डेले ११५० मत, धनराज गुरुङले १०५३ मत, दीपक गिरीले ६३८ मत र प्रा.डा. चन्द्र मोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी १ पद) तर्फको मतगणनामा बिनोद चौधरी ११४५ मतका साथ अगाडि रहेका छन्। उनलाई ११०७ मतका साथ जीवन परियारले कडा टक्कर दिइरहेका छन्। यसैगरी सोही पदमा सीता गुरुङले ७४९ मत, फरमुल्लाह मंसुरले ६३७ मत र रंजीत कर्णले ३५२ मत प्राप्त गरेका छन्।

महामन्त्री (खुला) तर्फ भने प्रदिप पौडेलले २६५७ मतका साथ ठूलो अन्तरको अग्रता बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी उदय शम्शेर राणाले १४९१ मत प्राप्त गरेका छन् भने डा. सुनिलकुमार शर्मा १३८७ मतसहित तेस्रो स्थानमा छन्। महामन्त्रीका अन्य उम्मेदवारहरू अमरसिंह पुन मगरले ९२९ मत, गुरुराज घिमिरेले ९२० मत, नैन सिंह महरले ६६८ मत र शंकर तिवारीले ८८ मत प्राप्त गरेका छन्।

यसैगरी महामन्त्री (महिला १ पद) तर्फ डा. डिला संग्रौला (पन्त) ले २०३७ मत प्राप्त गर्दै अग्रता लिइरहेकी छन्। उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले १८३८ मत ल्याएर पछ्याइरहेकी छन् भने रीता खनालले ४६६ मत प्राप्त गरेकी छन्। मतगणना कार्य अझै जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *