उपसभापतिमा निर्वाचित चन्द्र भण्डारी भन्छन्- विश्वासको शिर कहिल्यै झुक्ने छैन
काठमाडौं। नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिहरूको विश्वासको शिर कहिल्यै नझुक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेसको १५ औँ महाधिवेशनबाट ३७३५ मत प्राप्त गर्दै खुला उपसभापति पदमा विजयी भएका भण्डारीले महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावनाका साथ अघि बढ्ने बताएका छन्। उनले राजनीतिमा ‘म’ भन्दा पनि ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनालाई आत्मसात गरेर अगाडि बढ्ने स्पष्ट पारेका छन्।
भण्डारीसँगै यस प्रतिस्पर्धामा इञ्जिनियर मधु आचार्यले २३४२ मत प्राप्त गर्दै उपसभापति पदमा विजयी भएका छन्। विजयी भएलगत्तै भण्डारीले आफूलाई साथ र समर्थन दिने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment