घटस्थापनाकाे दिन एमएडब्ल्यू अर्थमुभर्सद्वारा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण
काठमाडौँ। नेपालका लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर देशभरका १२ वटा शाखाहरूबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो विशेष कार्यक्रमलाई “जेसीबी शुभारम्भ” नाम दिएर आयोजना गरेको हो।
मेसिन हस्तान्तरण समारोह घटस्थापनाको परम्परागत धार्मिक मान्यता अनुसार सम्पन्न गरिएको थियो। हस्तान्तरण गरिएका प्रत्येक मेसिनको विधिवत् पूजा-आजा गरी टीका र माला अर्पण गरेपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको रोहवरमा ग्राहकहरूलाई साँचो (चाबी) हस्तान्तरण गरिएको थियो।
समारोहको अन्त्यमा केक काटेर मिठाई वितरण गरिनुका साथै ग्राहकहरूले आफ्ना नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए। यस क्रममा हस्तान्तरण गरिएका मेसिनहरूमा JCB 3DX ब्याकहो लोडर, एक्साभेटर तथा एग्रीम्याक्स लगायतका विभिन्न मोडेलहरू रहेका छन्।
कार्यक्रममा बोल्दै एमएडब्ल्यू अर्थमुभर्स प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले घटस्थापनाको दिन शुभ कार्यको सुरुवात गरिने परम्परा अनुसार २७ भन्दा बढी ग्राहकहरूले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ अध्याय सुरु गरेको बताए।
यो कार्य केवल मेसिन हस्तान्तरण मात्र नभई २७ भन्दा बढी परिवार र व्यवसायको नयाँ शुभारम्भ भएको उल्लेख गर्दै उनले कम्पनीप्रति भरोसा राख्ने सम्पूर्ण ग्राहकहरूप्रति आभार व्यक्त गरे।
हस्तान्तरण गरिएका यी मेसिनहरू देशका विभिन्न जिल्लाहरूमा पूर्वाधार विकास, सडक निर्माण तथा कृषि लगायत समग्र आर्थिक विकासका क्षेत्रमा परिचालन हुने कम्पनीले जनाएको छ।
एमएडब्ल्यू अर्थमुभर्सले विगत २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ र देशभर फैलिएको आफ्नो फराकिलो सञ्जालमार्फत हाल १२ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment