विराटनगरमा सिजी डिजिटलको २८ औं तथा नेपालकै सबैभन्दा ठूलो बहुब्रान्ड शोरुमको भव्य शुभारम्भ

डिसी नेपाल
२६ असोज २०८३ १०:३८
4
Shares

विराटनगर। सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सञ्चालित सिजी डिजिटलले आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्ने क्रममा कोशी प्रदेशको राजधानी विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

शोरुमको भव्य उद्घाटन भएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।

सिजी डिजिटल विराटनगर शोरुमको विशेष शुभारम्भ समारोहमा नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रमुख अतिथिका रूपमा रिबन काटेर औपचारिक उद्घाटन गरेका थिए।

समारोहले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स खुद्रा सेवाको पहुँच विस्तार गर्ने तथा ग्राहकलाई गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

नेपालकै अग्रणी बहुब्रान्ड इलेक्ट्रोनिक्स खुद्रा सञ्जालमध्ये एक सिजी डिजिटलले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत ग्राहकको जीवनशैलीलाई सहज बनाउने लक्ष्य राखेको छ।

हाल सिजी इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत देशभर २८ वटा शोरुमहरू सञ्चालनमा रहेका छन्, जसमा २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप समावेश छन्।

सिजी डिजिटलका शोरुमहरूमा एलजी, सिजी, सिजी मेरिडिया, टिसिएल, गोदरेज, मिडिया, क्रोम्पटन, बेको, सेन्सेई, केन्ट, एल्लिका, ब्ल्याक एन्ड डेकर, बर्ली तथा गुडम्यान्स लगायतका प्रतिष्ठित ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा अन्य घरायसी उपकरणहरू उपलब्ध छन्। यसका साथै नथिङ, मोटोरोला तथा एआई प्लस जस्ता मोबाइल ब्रान्डका उत्पादनहरू पनि ग्राहकले प्राप्त गर्न सक्नेछन्।

नयाँ शोरुमको भव्य शुभारम्भ तथा विजया दशमीको अवसरलाई थप विशेष बनाउन सिजी डिजिटलले ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले विशेष छुट, पक्का उपहार तथा आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

‘घुमाउनुहोस् र जित्नुहोस्’ (स्पिन एन्ड विन) योजनामार्फत ग्राहकहरूले भाग्य आजमाउँदै तत्काल ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने अवसर पाउनेछन्। त्यसैगरी ‘बम्पर लक्की ड्र’ अन्तर्गत पाँच जना भाग्यशाली विजेताले मोबाइल फोन जित्ने अवसर प्राप्त गर्नेछन्।

ग्राहकको खुसीलाई प्राथमिकता दिँदै कम्पनीले निश्चित उपहार योजनाअन्तर्गत प्रत्येक खरिदमा पक्का उपहार उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) सुविधा तथा पुराना इलेक्ट्रोनिक्स वा घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सकिने सट्टापट्टा (एक्सचेन्ज) सुविधा पनि उपलब्ध गराइएको छ। उल्लिखित अफरहरू तोकिएको नियम तथा सर्तअनुसार लागू हुनेछन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू एउटै छानामुनि उपलब्ध गराउँदै आएको सिजी डिजिटलले विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएसँगै पूर्वी नेपालका ग्राहकहरूसँगको सम्बन्ध थप मजबुत हुने र आधुनिक घरायसी प्रविधिको पहुँच विस्तार हुने विश्वास व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *