नेपाली संगीतमा नयाँ ऊर्जा: ‘एक्स्ट्रिम म्युजिक सिरिज’को सुरुआत
काठमाडौं। नेपाली संगीत क्षेत्रमा नयाँ संगीतमय ऊर्जा र भाइब्स थप्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ले ‘एक्स्ट्रिम म्युजिक सिरिज’को औपचारिक सुरुआत गरेको छ।
नेपाली मौलिकता, सिर्जनशीलता तथा नयाँ पुस्ताको सशक्त आवाजलाई उजागर गर्नका लागि सुरु गरिएको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा नयाँ-नयाँ मौलिक गीत तथा भिडियोहरू सार्वजनिक गरिनेछन्।
यस ‘एक्स्ट्रिम म्युजिक सिरिज’को पहिलो सिजनमा नयाँ पुस्ताका चर्चित एवं प्रतिभाशाली ९ जना कलाकारहरूको सहभागिता रहनेछ। जसमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। उनीहरूका सिर्जना तथा प्रस्तुतिहरू ‘Xtreme Music Series’ को आधिकारिक युट्युब च्यानलमार्फत क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment