विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले आज थाइल्याण्ड जाँदै
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दै छन्।
उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको नियमित विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको उनकाे सचिवालयले जनाएकाे छ।
विश्वभरका अर्थमन्त्रीहरू, केन्द्रीय बैंकका गभर्नरहरू तथा वित्तीय क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता रहने उक्त उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. वाग्लेले १६ वटा भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलहरूमा सक्रिय सहभागिता जनाउनेछन्।
उनीसँगै उक्त वार्षिक बैठकमा सहभागी हुनका लागि अर्थमन्त्रालयको उच्चस्तरीय टोली पनि बैंकक जाँदैछ। भ्रमण टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई रहेका छन्।
विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय वित्तीय छलफल र द्विपक्षीय बैठकहरू सम्पन्न गरी अर्थमन्त्री डा. वाग्ले आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment