आज कुन राशी हुनेहरुको भाग्य कस्तो ? हेर्नुहोस् शुक्रबारको राशीफल

डिसी नेपाल
२४ असोज २०७६ ७:२५

आज मिति २०७६ साल असोज २४ गते। तदनुसार सन् २०१९ अक्टोबर ११ तारिख। शुक्रबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशी हुनेहरुका लागि आजको दिन फाइदाजनक रहेको छ। आज तपाईलाई कामबाट फाइदा मिल्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
यो राशी हुनेहरुलाई आज राजनीतिक लाभ हुनेछ भने रोजगारीमा फाइदा मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईको आजको दिन शुभ रहेको छ। आज तपाईको कामको प्रशंसा हुनेछ साथै अधुरा काम बन्नेछन्।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अपजसको भय रहन्छ, काममा बाधा हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वैवाहिक सुख मिल्नेछ, माया प्रेममा प्रगति हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रुभय हट्नेछ, स्वास्थ्यमा सुधार मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सन्ततिको सुख मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्तले दोष लाउनेछन्, चिसोले स्वास्थ्य बिग्रिने छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु राशी हुनेहरुलाई आज दाजुभाइको साथ मिल्नेछ तर काममा चटारो हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज तपाईको आफन्तजनसँग भेटघाटसँगै भोजनको सुख प्राप्त हुनेछ साथै धनको कारोवार बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
घरायसी काममा अलमल हुनेछ, मनोरन्जनमा समय बित्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशी हुनेहरुको आज ध्यान नदिए अनावस्यक खर्च हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *