‘तान्त्रिक’ र्यापमा आयुषको प्रयोग, प्राचीन परम्परालाई आधुनिक शैलीमा प्रस्तुत
काठमाडौं। नेपालका ऊर्जा उपचारकर्ता तथा मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीको स्वर, शब्द तथा संगीत रहेको र्याप गीत ‘तान्त्रिक’को भिडियो सार्वजनिक भएको छ। हाल अमेरिकामा बस्दै आएका रेग्मीले सनातनी वाममार्गी पद्धतीबारे ‘तान्त्रिक’को शक्ति र तन्त्रका बारेमा गीतमार्फत खुलासा गरेका छन्।
कलात्मक शैलीमा तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या, शम्शान र कपालिकजस्ता विषयलाई समेटिएको छ।
मशान विर, मारण विद्या, जस्ता शब्द मार्फत तान्त्रिक परम्परासँग सम्बन्धित दृश्य र भावलाई गीतमा उतारिएको छ।
भिडियो ‘गेट हिल्ड विथ आयुष’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तान्त्रिक विषयवस्तुलाई र्याप शैलीमा प्रस्तुत गरिएको छ भने भिडियोमा पनि त्यसैअनुरूप कलात्मक दृश्य संयोजन गरिएको छ। आयुषले प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र तथा मानसिक र शारीरिक सन्तुलनसँग सम्बन्धित सेवा प्रदान गर्दै आएका छन्। रेग्मीले हालसम्म चार हजारभन्दा बढी केसमा काम गरिसकेका छन्। मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आफूले विभिन्न विधिमार्फत काम गरिरहेको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment