आजको राशिफल: कसको चम्किँदैछ भाग्य र कसले अपनाउनुपर्छ सतर्कता?

डिसी नेपाल
२८ असोज २०८३ ५:४७
120
Shares

दैनिक जीवनलाई व्यवस्थित बनाउन र आजको दिनलाई सहज रूपमा बिताउन राशिअनुसारको फलकथनले महत्त्वपूर्ण भूमिका खेल्छ। आजको पञ्चाङ्ग र ग्रहगतस्थितिका आधारमा १२ वटै राशिको राशिफल यसप्रकार रहेको छ:

  • मेष: बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था रहेकाले बोल्नु अगाडि राम्ररी सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ भने विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा केही खटपटी भने बढ्न सक्छ।

  • वृष: दिन अत्यन्तै राम्रो छ। आफन्तको सहयोग जुट्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। तर, समाजसेवाको नाममा ठगी गर्नेबाट सचेत बन्नुपर्नेछ।

  • मिथुन: दिन सामान्यतया राम्रो छ, मन शान्त रहनेछ। सहकार्यमा थालिएको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यावहारिक लेनदेनमा सचेत हुनुहोला। परिवारसँगको घुमघामले मनमा खुसी ल्याउनेछ।

  • कर्कट: सम्पत्तिको सदुपयोगमा ध्यान दिनुपर्नेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ भने विदेशको रमझमले मन आकर्षित गर्न सक्छ। लगानीबाट फाइदा र परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

  • सिंह: आम्दानीका दृष्टिले दिन राम्रो छ। तर यात्रा गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्यप्रति सचेत नभए समस्या आउन सक्छ। शिक्षामा अवरोध देखिए पनि प्रेम सम्बन्ध सुमधुर रहनेछ।

  • कन्या: दिन सहज छ। शिक्षाको क्षेत्रमा बढी श्रम गर्नुपर्नेछ। विपक्षीहरू शान्त रहेकाले आफ्नो काममा ध्यान दिनुहोला। परिवार तथा धार्मिक क्षेत्रको घुमघामले मन शान्त राख्नेछ।

  • तुला: ‘धनलक्ष्मी योग’ परेकाले गुम्न लागेको धन हात लाग्नेछ। बौद्धिक व्यक्तिको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रको व्यापारबाट फाइदा मिल्नेछ भने गोपनीयता भंग नगर्नु उचित हुन्छ। परिवारको राम्रो साथ रहनेछ।

  • वृश्चिक: शिक्षामा प्रगति र स्वास्थ्यमा सुधार हुनेछ। खुसीको खबरले मन प्रसन्न रहनेछ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। आफन्तसँग गोप्य कुरा साझा नगर्नु नै राम्रो हुन्छ।

  • धनु: ठूला योजना नबनाउनु तथा उत्तरतर्फको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्ग्रेल सवारी साधनको यात्रा घातक बन्न सक्छ। राज्यको तर्फबाट त्रास बढ्न सक्ने भएकाले संयमता अपनाउनुहोला। प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।

  • मकर: शुभ ग्रहको बहुमत रहेकाले दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन केही अशान्त बन्न सक्छ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

  • कुम्भ: स्वास्थ्यमा सुधार हुनुका साथै कतै घुमफिरको योजना बन्नेछ। मिष्ठान्न भोजन र नयाँ वस्त्र प्राप्त हुँदा मन हर्षित हुनेछ। धार्मिक कार्यमा सहभागिताले मन शान्त बनाए पनि राज्य पक्षबाट केही त्रास हुन सक्छ।

  • मीन: शुभग्रहको बहुमत रहेको छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा आजको दिन सहज र लाभदायक बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *