बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइन र जिपलाइनको भरमा (भिडियोसहित)

डिसी नेपाल
२८ असोज २०८३ ९:३०
4
Shares

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँ मनाउन घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य भएका छन्। समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो।

दशैँमा घर फर्किने यात्रुहरू तुइनबाट नदी पार गर्दै गन्तव्यतर्फ लागिरहेका छन्। बेली ब्रिज समयमै सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दा तथा यात्रुहरूले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भने भोलि हुने भएको छ। पुल निर्माणमा भएको ढिलाइका कारण यात्रुहरूले अझै पनि तुइन र जिपलाइनको सहारा लिनुपर्ने अवस्था छ।

दशैँजस्तो चाडपर्वमा घर फर्किने यात्रुहरूले सुरक्षित र सहज आवतजावतको सुविधा पाउनुपर्ने भए पनि पुल समयमै निर्माण सम्पन्न नहुँदा उनीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *