कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

डिसी नेपाल
२८ असोज २०८३ १०:१३
44
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्।

८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५ मत प्राप्त गरेका छन्। अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४ मत पाउँदा बिनिता अधिकारीले ४०२ मत प्राप्त गरेकी छन्।

चम्पादेवी खड्काले ३९१, सन्तोषी साउद ऐरीले ३६७, उर्मिला कँडेलले ३१८ र शोभा अधिकारीले ३०३ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५ र प्रमिला लम्सालले २२३ मत पाएका छन्।

त्यसैगरी, निर्मला कुमारी रावल कार्कीले २१२, सरस्वती भट्टले २०४, कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटा र नारायणी रायमाझीले समान १८० तथा बसन्ती भाटले १७९ मत प्राप्त गरेका छन्।

गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन् ।

हालसम्मको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अन्य प्रतिस्पर्धीभन्दा फराकिलो अग्रता बनाएकी छन्। ८ जना निर्वाचित हुने यस समूहमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *