दसैँमा मौसम सफा रहने, नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो

डिसी नेपाल
२८ असोज २०८३ १५:३०
16
Shares

काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २८ गते) देखि देशभरबाट मनसुन हटेको हो।

मनसुन बाहिरिएसँगै आउँदो दसैँ अवधिभर मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान महाशाखाले गरेको छ।

यस वर्ष जेठ ३२ (जुन १३) को सरदर मितिभन्दा अगावै असार ५ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गरे तापनि यस वर्ष सरदर समयभन्दा १२ दिन ढिलो गरी बाहिरिएको छ।

गत असोज १७ गतेदेखि देशको पश्चिमी तथा उत्तरी भूभागबाट बाहिरिन सुरु गरेको मनसुन अहिले देशभरबाट पूर्ण रूपमा हटेको महाशाखाले जनाएको छ।

यस वर्षको मनसुन अवधिमा देशमा समग्रमा सरदर वर्षा भए पनि भौगोलिकताअनुसार मात्रामा भिन्नता देखिएको छ। तराई र पहाडी भेगको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।

देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिए तापनि पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *