म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’: तीन जनाले जिते मोटरसाइकल र स्कुटर
काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले आकर्षक सवारी साधन जितेका छन्।
कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेट एफआई मोटरसाइकल जित्न सफल भएका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान खरिद गर्दा उनीहरूले यो उपहार जितेका हुन्।
पुरस्कार जितेको खुसी व्यक्त गर्दै गल्छीका विजेता संजोग रिमालले क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने नसोचेको र यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदिएको बताए।
ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित एक कार्यक्रममार्फत कम्पनीले यो अभियान सार्वजनिक गरेको थियो। यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेट एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्न सक्नेछन्।
कम्पनीका अनुसार यो अभियान अझै जारी रहेकाले अन्य उपभोक्ताहरूका लागि पनि उपहार जित्ने अवसर यथावत् रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment